मन्टीन्व ग्रुपको हेटौँडामा नयाँ शाखा विस्तार


Share This


नेपालबहस संवाददाता    

हेटौँडा । निर्माण सामग्री उत्पादनको लागि विश्वकै चर्चित रहेको मन्टीन्व ग्रुपले हेटौँडामा आफ्नो नयाँ शाखाको सुरुवात गरेको छ ।

विकास निर्माणको लागि अति आवश्यक पर्ने निर्माण सामग्रीको रुपमा रहेको लोडर तथा अन्य सामग्रि विक्रि गर्नेगरि हेटौँडामा पहिलो पटक विक्रिको शुभारम्भ भएको हो ।

हेटौँडामा भएको एक कार्यक्रममा निर्माण ब्यवसायी संघका अध्यक्ष आनन्दराम पराजुलीले हेटौँडा शाखाको शुभारम्भ गरेका हुन् । शुभारम्भपछि बोल्दै पराजुलीले हेटौँडाका युवा ब्यवासायीले सुरु गरेको ब्यवसायलाई निर्माण ब्यवसायीहरुले पूर्ण रुपमा सहयोग गर्ने बताए ।

करिब २ करोडको लगानीमा आफुहरुले ब्यवसायी सुरु गरेको सञ्चालक कैलाश ढकालले बताए । युवाहरु पनि ब्यवसायमा केन्द्रित हुनुपर्ने समय आएको भन्दै आफुहरुले हेटौँडामा केहि नयाँ ब्यवसाय सुरु गर्ने उदेश्यले यो ब्यवसायमा लागेको बताए ।

विकास निर्माणको लागि आवश्यक पर्ने निर्माण सामग्रीको विक्रि वितरण सुरु गरेको भन्दै अर्का सञ्चालक अञ्जन दाहालले देशमा विकासको क्रम सुरु भैसकेको र आफुहरुले पनि ब्यवसाय मार्फत टेवा दिने सोच राखेर ब्यवसाय सुरु गरेको बताए ।

कम्पनीले विक्री गर्ने लोडरको सर्भिस पनि दिइने भन्दै उनले यो कम्पनीको सामग्रीले विश्वमानै निकै लोकप्रियता पाएको कम्पनीका विजनेस हेड समिर महर्जनले बताए ।

फ्रान्स केन्द्रीय कार्यलय रहेको कम्पनीले नेपालभर एक हजार भन्दा धेरै विक्रि भैसकेको बताए । हेटौँडाको बैंक रोडमा रहेको स्वरुमबाट विक्रि सुरु भैसकेको र श्रावणसम्म विभिन्न अफरहरु रहेको भन्दै सञ्चालकहरुले ग्राहकहरुलाई सम्पर्क गर्नको लागि आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया