नारायणगढ–मुग्लिन सडकको तीन ठाउँमा पहिरो


Share This


नेपालबहस संवाददाता    

चितवन । नारायणगढ–मुग्लिन सडकको तीन ठाउँमा पहिरो खसेपछि मंगलबार यातायात चल्न सकेको छैन । रातिदेखि नै ठाउँ ठाउँमा पहिरो जाँदा नारायणगढ मुग्लिन सडकमा गाडी चल्न नसकेको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रहरीका अनुसार गाइघाट, घुमाउने र टोपे खोलामा गरी ३ ठाउँमा पहिरो गएको छ । ट्राफिक प्रहरी निरीक्षक वेदप्रसाद गौतमकाअनुसार गाइघाटमा सोमबार राति पहिरो खसेको हो।

घुमाउने र टोपे खोलामा मंगलबार बिहान पहिरोखस्दा यातायातअवरुद्धभएको छ। गाइघाट र टोपे खोलामा एकतर्फी गाडी चले पनि घुमाउनेमा पुरै ठप्प छ।

चितवनमासोमबार रातिदेखि लगातार पानी परेको छ। पानी परेसँगै मुग्लिन नारायणगढ सडकमा पहिरो खस्ने गर्छ। राजधानी काठमाडौं आउजाउ गर्ने यो सडकमा दैनिक १० हजार हाराहारीमा गाडी गुड्छन्।

सडक दुई लेनको बनाउन पहाड काटेको ठाउँमा वर्षाका बेला पहिरो जाने समस्याले यात्रुहरूलाई निकै पिरोलेको छ।

तपाईको प्रतिक्रिया