काठमाडौं महानगरमा स्मार्ट चिन्ह जडानको काम जारी


Share This


नेपालबहस संवाददाता    80 Views

काठमाडौं । काठमाडौं महानगरपालिकाले पब्लिक प्राइभेट पार्टनरसिप ‘पीपीपी’ मोडलमा महानगरका सडकहरूमा स्मार्ट सिटी चिन्हको प्रयोग गर्ने भएको छ।

महानगरपालिकासँगको सहकार्यमा एडगुरुले चिन्हको जडान गर्ने काम गरिरहेको छ। सोमबार रत्नपार्क, सुन्धारा र न्युरोडमा चिन्हहरु जडान गरिएको एडगुरुका सह संस्थापक सौरभ रिमालले बताए ।

उनले आगामी दिनमा महानगरपालिकाका अन्य ठाउँमा पनि चिन्ह जडान गरिने बताए। एडगुरुको परियोजनाबाट आफुहरु खुशी रहेको बताउँदै काठमाडौं महानगरपालिकाका मेयरले विद्यासुन्दर शाक्यले यसले सुन्दर सहर निर्माणमा टेवा पुर्याउने छ।

स्मार्ट सिटी चिन्हले दुर्घटनामा कमी

स्मार्ट सिटी चिन्हहरूले सवारी चालकहरूलाई सजिलो हुने तथा दुर्घटनामा कमी आउने काठमाडौं महानगरपालिकाले बताएको छ।

स्मार्ट सिटी चिन्हहरूको प्रयोगले काठमाडौं जस्ता अति व्यस्त शहरहरूमा दैनिक जसो हुने सवारी दुर्घटनामा कमी आउने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख तथा आइजीपी सर्वेन्द्र खनालले बताए।

काठमाडौं महानगरभित्र ट्राफिक व्यवस्थापन एक गम्भीर चुनौती देखिएको वर्तमान समयमा उक्त स्मार्ट सिटी चिन्हको प्रयोगले प्रभावकारी व्यवस्थानमा सहयोग पुग्ने उनको भनाई छ।

तपाईको प्रतिक्रिया