अवरुद्ध नारायणगढ-मुग्लिन सडक पहिरो हटाएपछि पुनः दुईतर्फी सञ्चालनमा


Share This


नेपालबहस संवाददाता    

चितवन । पहिरोले अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडकखण्डमा दुईतर्फी यातायात सञ्चालनमा आएको छ । मंगलबार बिहान ४ बजे घुमाउनेलगायतका ३ स्थानमा पहिरो खसेपछि अवरुद्ध बन्न पुगेको सडक पहिरो हटाएपछि पुनः सञ्चालनमा आएको चितवन प्रहरीले जानकारी दिएको छ ।

नारायणगढ–मुग्लिन सडकखण्ड आयोजनाका सूचना अधिकारी शिव खनालले घुमाउनेको पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याइएको बताए । अबिरल बर्षा हुन थालेसंगै माथिबाट खसेको पहिरोले पटक–पटक सो सडक खण्ड अवरुद्ध हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया