विद्युत् सर्ट हुदाँ त्रिशूली जलविद्युत्‌ केन्द्रमा आगलागी


Share This


नेपालबहस संवाददाता    67 Views

नुवाकोट । २१ मेगावाट क्षमताको त्रिशूली जलविद्युत् केन्द्रमा मंगलबार दिउँसो आगलागी भएको छ । पावरहाउसभित्र विद्युत् सर्ट भइ आगलागी भएको हुनसक्ने प्रहरीले प्रारम्भिक जानकारी दिएको छ ।

आगलागी स्थलमा खटिएका प्रहरी सहायक निरीक्षक ‘असई’ राजु लामिछानेले विद्युत् उत्पादन गर्ने उपकरणमा आगलागी भएको बताए ।असई लामिछानेका अनुसार केही उपकरण क्षतिग्रस्त भएको र अन्य क्षतिबारे विवरण संकलनको काम भइरहेको छ ।

दिउँसो करिब पौने ३ बजे लागेको आगो निभाइसकिएको छ ।

तपाईको प्रतिक्रिया