कार्गो विमान चढेर भद्र र रुपसी चीन पुगे


Share This


नेपालबहस संवाददाता    56 Views

काठमाडौं । विश्वमै दुर्लभ मानिने एक सिँगे गैडाको एक जोडी बिहीवार चीन प्रस्थान गरेको छ ।चीनबाट आएको विशेष विमान‘युनिट अफ कार्गो एअरलाइन्स’बाटभद्र र रुपसी नाम दिइएका गैंडा चीन पठाइएको हो ।

गैंडा बोकेको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पौने ५ बजे नेपालबाट चीनका लागि उडेको थियो । करिब पाँच घण्टाको उडानपछि ती गैँडा चीनको गोन्जाओ पुगेका छन् । गैंडालाई गोन्जाओकै च्याम्बुलुङ सफारी पार्कमा राखिने छ ।

करिब पाँच घण्टाको उडानका लागि गैँडालाई चाहिने खाना, पानी जहाजमै व्यवस्था गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जबाट डार्ट गरेरचीन पु¥याउन्जेलसम्म लाग्ने करिब तीन करोडरुपैयाँचीन सरकारले व्यहोरेको छ । भाले गैँडाको नाम ‘भद्र’ राखिएको छ भने पोथी गैँडाको नाम ‘रुपसी’ राखिएको छ ।

तपाईको प्रतिक्रिया