भिटोफको साउन १६ गते साधारणसभा


Share This

नेपालबहस संवाददाता    

५ साउन, काठमाडौं । गाउँ पर्यटन प्रबद्र्धन मन्च (भिटोफ) नेपालले आफ्नो दुई दशकको यात्रा एक विशेष कार्यक्रमको आयोजना गरि मनाउने भएको छ ।

यही साउन १६ गते एक विशेष कार्यक्रमकाबीच गाउँ पर्यटन दिवस (भिटोफ डे) बार्षिक साधारणसभा, साधारण सदस्यहरुको परिचय संलग्न डाइरेक्टरी तथा होमस्टेहरुको विस्तृत विवरण संलग्न वेभसाइटसमेत लोकार्पण गरिने भएको छ । कार्यक्रम दुई चरणमा सञ्चालन गर्ने बताइएको छ । पहिलो चरणमा उद्घाटन सत्र रहने छ भने दोस्रो चरणमा साधारणसभा गरिने छ । पहिलो चरणको कार्यक्रममा विविध गतिविधिहरु राखिएको छ भने दोस्रो चरणमा संस्थाले गरेको कार्यक्रमको प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन प्रस्तुत गरिने छ । भिटोफले प्रकाशन गरेको डाइरेक्टरीमा मेम्बर लिष्टसहित लेख, रचना तथा विविध पर्यटकीय खुराक रहेको भिटोफका उपाध्यक्ष तथा मिडिया संयोजक दीपक दाहालले बताए । उनले वेभसाइटमा भने होमस्टेका बारेमा विस्तृत जानकारी राखिएको बताए । वेभसाइट लोकार्पण भएपछि पर्यटन व्यवसायी तथा पर्यटकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने भिटोफको बुझाइ छ ।
विविध साँस्कृतिक कार्यक्रमसहित हुने साधारणसभामा ७ सय साधारण सदस्यमध्ये करीब ५ सयको उपस्थिति रहेने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार