fbpx

होङसी सिमेन्टको ओपिसी ब्राण्डले एनएस पायो


Share This

नेपालबहस संवाददाता    

पिपिसीको गुणस्तर परीक्षण हुँदै

काठमाडौं।नेपालको सबैभन्दा ठूलो सिमेन्ट उद्योग होङसी शिवम सिमेन्टले नेपाल गुणस्तर चिन्ह ‘एनएस’ पाएको छ। होङसीको ओपिसी सिमेन्टले एनएस चिन्ह पाएको हो।

नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले ओपिसी सिमेन्टमा एनएस पाइसकेको बताउँदै पिपिसीको भने गुणस्तर परीक्षण भइसकेको बताए।

उद्योग दुर्इ महिना अघिदेखि संचालनमा आएको हो।तर पूर्ण क्षमतामा भने चलेको छैन।स्रोतका अनुसार सुरुवातमा सिमेन्टको गुणस्तर राम्रो नभएको र कच्चा पदार्थ कम भएकोले कम उत्पादन भएको हो।

उद्योगबाट पहिलो चरणमा दैनिक ६ हजार टन सिमेन्ट उत्पादन हुनेछ। पूर्ण क्षमता १२ हजार टन हो। उत्पादनको नाम ‘होङसी’ राखिएको छ।सिमेन्टको मूल्य ८ सय ५० रुपैयाँ राखिएको छ।पाल्पामा क्लिङकर खानी किनेको छ।

तर अहिले उद्योगमा आवश्यक चुनढुंगा भने शिवम र भारतबाट ल्याएको हो।खानीसम्म बाटो नपुगेकोले अन्यत्रबाट चुनढुंगा लिएको हो। दुई सय बिघा क्षेत्रफलमा फैलिएको होङशी शिवम सिमेन्ट उद्योगमा ३६ अर्ब ७५ करोड रुपैयाँ लगानी छ।

उद्योगबाट ओपिसी सिमेन्ट नौलाख २० हजार टन र पिपिसी सिमेन्ट १३ लाख ८० हजार टन उत्पादन हुनेछ। उद्योगमा एक हजार ५० जनाले रोजगारी पाउनेछन्। उद्योगका लागि ५० मेगावाट विजुली आवश्यक पर्छ।

तपाईको प्रतिक्रिया