तपाईको गाउँमा आउँदै बैंक : सवैभन्दा बढि शाखा लिएर आउंदै प्रभु


Share This

नेपालबहस संवाददाता    

६ साउन, काठमाडौं । बैंकमा पैसा राख्न, झिक्न र ऋण लिन लगायतका बैंकिङ कारोबार गर्न अब तपाईं सदरमुकाम वा घन्टौं हिँडेर बजार इलाका जानु नपर्ने भएको छ । किनभने अब बैंकहरुतपाईंको गाउँमै आउने भएका छन् । सरकारी कामकाजका लागि वाणिज्य बैंक चाहिने भएकाले प्रत्येक स्थानीय तहमा बैंक खुल्ने भएका हुन् ।

स्टान्डर्ड चाटर्ड बैंक बाहेक अरु बैंकहरु स्थानीय तहमा जाने भएका हुन् । उनीहरुले आफुले जाने स्थानीय तहको नाम र संख्यासहित राष्ट्र बैंकबाट स्वीकृत गराइसकेका छन् । तपाईंको गाउँमा बैंक आउँदा तपाईंलाई रोजगारी लगायतका विभिन्न अबसरहरु पनि आउँछन् ।

प्रभु बैंक सबैभन्दा बढी अर्थात् ३२ स्थानीय तहमा प्रभु बैंक जाँदैछ । एउटा वाणिज्य बैंकको भागमा १८ वटा स्थानीय तह परे पनि प्रभु बैंक आफैं धेरै स्थानीय तहमा जान खोजेको बैंकका सीइओ अशोक शेरचनले बताए । देशभर ७ सय ४४ स्थानीय तह छन्, जसमध्ये ४१२ स्थानीय तहमा बैंक पुगेका छैनन् । अब ती स्थानमा पनि बैंक पुग्ने भएका हुन् ।

बैंक नपुगेका ४ सय १२ स्थानीय तहम्ये २ सय ५० स्थानीय तहमा यसै वर्ष बैंकहरुले शाखा विस्तार गर्दैछन् । ३ सय ३२ स्थानीय तहमा भने यसअघि नै बैंक पुगिसकेका छन् ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार