fbpx

राजश्व संकलनको दायरा बढाउँदै कञ्चनपुर भन्सार


Share This

नेपालबहस संवाददाता    

भीमदत्तनगर । प्रदेश नं ७ को प्रमुख नाका गड्डाचौकीस्थित कञ्चनपुर भन्सार कार्यालयले संकलनको दायरा बढाएसँगै राजश्व संकलनमा वृद्धि हुँदै गएको छ ।

आर्थिक वर्ष २०७४/0७५ मा भन्सार कार्यालयले रु ३२ करोड ५४ लाख ६३ हजार राजश्व संकलन गरेको कञ्चनपुर भन्सार कार्यालयका सूचना अधिकृत यज्ञराज जोशीले बताए ।

महाकाली नदीमा चार लेनको पुल निर्माण भएर कञ्चनपुर व्यापारिक नाकाको रुपमा विकास भएसँगै राजश्व संकलन बढ्दै गएको छ । चालू आव २०७५/0७६ का लागि वार्षिक राजश्व संकलनको लक्ष्य रु ४० करोड १२ लाख ८४ हजार तोकेको छ ।

आव २०७३/0७४ मा रु १७ करोड ३८ हजार राजश्व संकलनको लक्ष्य तोकिएको बेला रु २४ करोड ७७ लाख ४३ हजार संकलन भएको कार्यालयले जनाएको छ । आधा दशकयता भन्सारमा गरिएको विभिन्न सुधारसँगै यहाँको राजश्व संकलनको वृद्धिदर पनि बढ्दै गएको हो । राजश्व चुहावट नियन्त्रणका लागि भन्सार कार्यालयमा सिसिटिभी क्यामेरा जडान गर्नुका साथै सुरक्षा सतर्कता पनि बढेको हो ।

आव २०७२/0७३ मा रु १४ करोड ८७ लाख वार्षिक राजश्व संकलनको लक्ष्य थियो । सो आवमा रु २२ करोड ८६ लाख ४८ हजार राजश्व संकलन गरिएको तथ्यांकले देखाएको छ ।

आव २०७१/0७२ मा राजश्व संकलनका लागि रु १० करोड ३२ लाख ३५ हजार लक्ष्य रहेकामा कार्यालयले रु १३ करोड ५८ लाख २९ हजार संकलन गरेको थियो ।

तपाईको प्रतिक्रिया