fbpx

आजदेखि राती मात्र टिप्पर चल्ने


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । चक्रपथमा सरकारले आजदेखि दिउँसोको समयमा टिप्पर चलाउन रोक लगाएको छ । टिपरको ठक्करबाट धेरैको ज्यान गएको भन्दै उपत्यकामा बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म टिप्पर चलाउन रोक लगाइएको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बेलुकी ८ देखि बिहान ५ बजेसम्म भने चक्रपथमा टिप्पर चलाउन पाइनेछ । टिप्पर चलाउन रोक लगाए पनि ट्रकलाई भने चल्न दिने निर्णय भएको छ ।

तपाईको प्रतिक्रिया