fbpx

सर्लाही सुन तस्करीको ट्रान्जिट पोइन्ट नरहेको व्यवसायीको दावी


Share This

नेपालबहस संवाददाता    

सर्लाही । ‘सुन तस्करीको ट्रान्जिट बन्दै सर्लाही’ शिर्षकको समाचारप्रति सर्लाहीका सुनचाँदी व्यवसायीहरुले आपत्ति प्रकट गरेका छन् र समाचारमा उल्लेख भएका ४ जना सुनचाँदी व्यवसायीको सुन तस्करीमा कुनै संलग्नता नरहेको भन्दै खण्डन गरेका छन् ।

साउन १ गते नेपालबहस डटकममा प्रकाशित उक्त समाचारमा उल्लेखित हरिवनमा रहेको जय किसुन ज्वेलर्सका प्रोप्राईटर जुगलकिशोर साहले नेपाल बहस डटकमका प्रतिनिधिसँग गुनासो गर्दै समाचारमा उल्लेखित जय माता दी गोल्ड एवम सिल्भर प्यालेस,पप्पु ज्वेलर्स, जय किसुन ज्वेलर्स र रामश्याम ज्वेलर्सले कुनै अनियमिता नगरेको एवम गैरकानुनी ढङ्गले सुनचाँदीको कारोबारमा संलग्न नरहेको दावी गरेका छन् ।
आफुहरुले सधै वैध रुपमा नै सुनचाँदीको कारोबार गर्ने गरेको दावी गर्दै व्यवसायी जुगलकिशोर साहले आफु बंशजको आधारमै नेपाली नागरिक रहेको बताएका छन् ।

उनीहरुको संयुक्त दावी थियो – “सर्लाही सुन तस्करीको ट्रान्जिट पोइन्ट हुदै होइन अझ गोरे काण्डपछि अन्य व्यवसायीहरु पनि अवैद्य काम गर्नेतर्फ सर्तक भईसकेका छन् ।”

व्यवसायी साहका अनुसार आफूहरुले संघको सिफारिसमा सिधै बैंक मार्फत मात्र सुनचाँदी खरिद गरि ल्याउने र त्यसलाई ग्राहकको चाहाना र अर्डर अनुसार विभिन्न डिजाईनका गरगहना बनाएर मात्र बिक्री वितरण गर्ने गरेका छौं ।

विगतमा प्रहरीले पक्राउ गरेको एक क्विन्टल चाँदी पनि काठमाडौंको ह्वाइट सिल्भर हाउसबाट विधिवत् रुपमै खरिद गरी विभिन्न गरगहना बनाउन ल्याउदै गर्दा जवरजस्ती अवैद्य भनी राजस्वमा बुझाएको थियो ।

प्रहरीले कागजपत्र हेर्न र लिन नमानेको तथा राजस्व अनुसन्धान कार्यालय पथलैयामा बैद्य भएको दावी सहितका कागजपत्र देखाउँदा पनि उनीहरुले पूर्वाग्रहबश लिन मानेनन् र पछि देखाउनु होला भन्दै टारेको व्यवसायी साहले नेपालबहस डटकमलाई बताए ।

उनका अनुसार राजस्वले पाँच सात पटक तारिखमा बोलायो तर कागजपत्र लिन कहिल्यै मानेनन् । सो मुद्धा अहिले सर्वाेञ्चमा चलिरहेको उनले जानकारी दिए । तसर्थ सिल्भर प्यालेस काठमाडाैंको यसमा कुनै संलग्नता नरहेको उनको दावी थियो । जगन्नाथ साह सोनीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार