fbpx

तुलसीपुर इलाकामा एक करोड ७८ लाख बढी राजश्व संकलन


Share This

नेपालबहस संवाददाता    

तुलसीपुर दाङ । तुलसीपुर इलाका प्रशासन कार्यालयले आब २०७४/७५ मा रु एक करोड ७८ लाख १० हजार ४ सय २१ राजश्व संकलन गरेको छ ।

कार्यालयका प्रमुख धनबहादुर केसीका अनुसार संकलित राजश्वमा राहदानीबाट रु एक करोड ७७ लाख, ६२ हजार ५ सय, मादक पदार्थ सेवनगरी सवारीसधान गर्नेबाट रु २४ हजार, हातहतियार नवीकरणबाट १९ हजार र विविधबाट रु चार हजार ९ सय २१ राजश्व संकलन भएको हो ।

उनका अनुसार सो अवधिमा कार्यालयबाट तीन हजार २ सय ६३ जनाले राहादानी लिएकामा एक हजार बढी दु्रत सेवाबाट राहदानी बनाएका थिए ।

गत आर्थिक वर्षमा भने कार्यालयले रु एक करोड ७६ लाख आठ हजार ५ सय राजश्व संकलन गरेको थियो । उक्त कार्यालयको कार्यक्षेत्रमा तुलसीपुर उपमहानगरपालिका, पश्चिम दाङका शान्ति नगर, बबई र दंगीशरण गाउँपालिकाका पर्दछन् ।

तपाईको प्रतिक्रिया