सप्तरीका ४० प्रतिशत खेतमा मात्र धान रोपाई


Share This

नेपालबहस संवाददाता    

११ साउन, सप्तरी । साउनको दोस्रो साता बित्न लागिसकेको छ तर सप्तरीमा जम्मा ४० प्रतिशत खेतमा मात्र धान रोपाई हुन सकेको छ । ७० हजार हेक्टर खेती योग्य क्षेत्रफल रहेको सप्तरीमा जम्मा २८ हजार हेक्टरमा मात्र रोपाई भएको छ । ४२ हजार हेक्टर खेत अझै बाँझै छ ।

जिल्लाका पूर्वी क्षेत्रमा बाढीले खेतीयोग्य जमिन डुबाउने तर पश्चिम, उत्तर र पूर्वी दक्षिणी क्षेत्रमा पानी नभएर जमिन त्यत्तिकै बाँझै लडिरहेको हो । कृषि विकास कार्यालय सप्तरीका वरिष्ठ कृषि विकास अधिकृत भागिरथ यादवका अनुसार समयमा पर्याप्त वर्षा र सिँचाइ नहुँदा आकाशे पानीको भरमा रहेका कृषक मारमा परेका छन् ।

जिल्लाको पूर्वी क्षेत्रमा चन्द्रनहर र कोशी पम्प नहरको पानीले केही धान रोपिए पनि पश्चिमी, उत्तरी तथा पूर्वी दक्षिणी क्षेत्रका किसानले स्यालो ट्यूबवेल, पम्पिङसेट, भबलेटर प्रयोग गरेर रोपाइँ गर्न बाध्य छन् । यस वर्ष मनसुन कमजोर हुँदा देशैभर पर्याप्त धान रोपाई हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार