fbpx

शुक्रबार हुवावेका दुर्इ फोन सार्वजनिक हुँदै


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । शुक्रबार भोली नेपाली बजारमा हुवावे नोभा सिरिज अन्तर्गतका दुई फोन सार्वजनिक हुने भएका छन् । चिनियाँ फोन उत्पादक कम्पनी हुवावेले नेपाली बजारमा नोभा सिरिज अन्तर्गतका नोभा थ्री तथा नोभा थ्री आई एक साथ सार्वजनिक गर्न लागेको हो।

भोलि सार्वजनिक हुने यी स्मार्टफोनमा एउटा अल क्वाड क्यामरा तथा शक्तिशाली प्रणाली ९एसओसी० जडान गरिएको छ। नोभा थ्री तथा नोभा थ्री आईमा उच्च क्षमताका क्यामराहरू जडान गरिनुका साथै आर्टििफसियल इन्टेलिजन्स ९एआई० प्रणाली जडित रहेको कम्पनीले जानाकारी गराएको छ।

दुवै फोनहरुमा दुईवटा फ्रन्ट क्यामराहरु छन्। २४ एमपी प्राइमरी क्यामरा तथा २ एमपीको सेकेण्डरी क्यामरा जडित छ। नोभा थ्रीमा २४ एमपीको मोनोक्रम तथा दुईवटा एफ १।८ वाइड एपेर्चर ६ पी लेन्सहरूसहितको १६ एमपी आरजीबी सेन्सर जडान गरिएको छ।

यो विशेषताले अँध्यारो वा कम उज्यालो ठाउँमा राम्रा तस्वीर खिच्ने कम्पनीको दावी छ। थ्री आईको रियर क्यामरामा १६ एमपीको प्राइमरी सेन्सर तथा २ एमपीको सेकेण्डरी सेन्सर राखिएको छ।

६.३ ईन्च एफएचडी प्लस २३४ः१०८० रिजोल्यूसन १९.५ः९ को फूल भ्यू डिस्प्ले राखिएको फोनमा आइरिस ब्लू कलरको प्रयोग गरिएको छ। नोभा थ्रीमा किरिन ९७० एसओसी जडान गरिएको छ भने नोभा थ्री आई किरिन ७१० एसओसी राखिएको कम्पनीले जनाएको छ।नोभा थ्री आईमा ४ जीबी र्याम र १२८ जीबी आन्तरिक स्टोरेज रहेको छ भने नोभा ३ मा र ६ जीबी र्याम तथा ६४ जीबी आन्तरिक स्टोरेज रहेको छ।

नोभा थ्री आईमा ४ जीबी र्याम ६ जीबी र्याम तथा १२८ जीबी आन्तरिक स्टोरेज रहेको छ भने नोभा ३ मा र ६ जीबी र्याम तथा ६४ जीबी आन्तरिक स्टोरेज रहेको छ। चीनमा नोभा ३ आईको मूल्य ४ जीबी र्याम तथा १२८ जीबी आन्तरिक स्टोरेजको मूल्य १,९९९ चिनियाँ यूआन तोकिएको छ भने ६ जीबी र्याम मोडलको मूल्य २,१९९ यूआन तोकिएको छ ।

छिमेकी देश भारतमा पनि बिहिबार ह्वावे नोभा ३ तथा नोभा ३ आई सार्वजनिक भएको छ। जहाँ नोभा ३ आईको मूल्य २०,९९० भारुदेखि शुरु हुनेछ भने नोभा ३ को मूल्य ३४,९९९ भारु तोकिएको छ।
नेपाली बजार मूल्य भने भोलि सार्वजनिक हुन्छ।

अन्तराष्ट्रिय बजार मुलय तथा नोभा टु को दाँजोमा भोलि सार्वजनिक हुन मोवाइलको मुलय निकै बढ्ने देखिएको छ। चालु आर्थिक वर्षदेखि मोबाइल फोनमा आयातमा दिँदै आएको भ्याट फिर्ता नीति सरकारले खारेज गरेपछि मोबाइल मूल्य बढ्ने देखिएको हो।

एजेन्सी

तपाईको प्रतिक्रिया