fbpx

बिम्स्टेक पूर्वसम्मेलन आगामी साता, तयारी पुरा


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । बंगालको खाडीको प्रयास ‘बिम्स्टेक’को चौथो शिखर सम्मेलनको पूर्वसन्ध्यामा आगामी साता काठमाडौमा प्रिसमिट ‘पूर्वसम्मेलन’ हुनेभएको छ ।

यही साउन १७ र १८ गते हुने बिम्स्टेकको प्रिसमिटमा सरकारीस्तरमा नभइ जनस्तरमा हुन लागेको हो । इन्स्टिच्युट फर स्ट्राटेजिक सोसियो–इकनमिक रिसर्च’ नामक संस्थाको अगुवाइमा हुने उक्त सम्मेलनमा सबै सदस्य देशका विदेश मन्त्रालयका बहालवाल तथा सेवा निवृत्त उच्च अधिकारीले भाग लिने छन् ।

आयोजक संस्थाका कायममुकायम अध्यक्ष प्रा गोविन्द नेपालका अनुसार प्रिसमिटमा बिम्स्टेक सदस्य देशका राजदूत, विदेश÷बाह्य मामिला÷परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकृत, विद्वत् वर्ग र सामाजिक–आर्थिक जीवनका प्रतिष्ठित व्यक्तिले भाग लिनेछन् ।

विम्स्टेक देशका आर्थिक–सामाजिक विषय तथा गरिबीजस्ता जनसरोकारका मुद्दालाई लिएर उक्त संस्थाले गरेका अध्ययन प्रतिवेदन प्रिसमिटपछि बिम्स्टेकको अध्यक्ष मुलुक नेपाललाई बुझाइने जानकारी दिए ।

तपाईको प्रतिक्रिया