fbpx

झापामा दुईवटा भन्सार कार्यालय


Share This

नेपालबहस संवाददाता    

भद्रपुर । भद्रपुरस्थित मेची नदीमा पक्की पुल निर्माणसँगै भद्रपुर छोटी भन्सार कार्यालयको स्तरोन्नति भएको छ । मेची भन्सार कार्यालयको मातहतमा रहेको सो कार्यालयलाई भन्सार विभागले छुट्टै भद्रपुर भन्सार कार्यालयको दर्जा दिएको हो ।

उक्त कार्यालय सञ्चालनमा आएसँगै झापामा दुई वटा भन्सार कार्यालय भएको मेची भन्सार कार्यालयका प्रमुख टेकनाथ अर्यालले बताए । उनले मेची पुल निर्माणसँगै भन्सार विभागको पहलमा साउन १ गतेदेखि भद्रपुर भन्सार कार्यालय स्थापना गरिएको बताए ।

भद्रपुर नगरपालिकाको स्थापनासँगै विसं २००८ मा भद्रपुर भन्सार कार्यालय स्थापना भएको थियो । झापामा प्रमुख भन्सारका रुपमा रहेको भद्रपुर कार्यालय पूर्व–पश्चिम राजमार्ग सञ्चालन भएसँगै मेची भन्सार कार्यालयको स्थापनापछि छोटी भन्सारको रुपमा परिणत भएको भद्रपुर नगरपालिका–५ का दुर्गा भट्टाराईले बताए ।

उनका अनुसार विसं २०३९ देखि भद्रपुर भन्सारको गतिविधि मेची भन्सारले नै हेर्दै आएको थियो ।

तपाईको प्रतिक्रिया