पेट्रोलमा कालोबजारी हुदाँ उपभोक्ता समस्यामा


Share This


नेपालबहस संवाददाता    

बैतडी । पेट्रोलमा कालोबजारी हुदाँ बैतडीका समस्यामा परेका छन् । कालोबजारीका कारण चर्को मुल्य तिर्नु परेको उनीहरुको गुनासो रहेको छ ।

कालोबजारीको विरुद्ध आइतबार सतबाँझदेखि गोठलापानीसम्म मोटरसाइकलमा ¥याली निकालिएको छ । जिल्लाको सतबाँझस्थित एक मात्र ‘भण्डारी आयल स्टोर’ले दुई वर्षदेखि पेट्रोल ढुवानी नगरेका कारण कालोबजारी बढ्दा उपभोक्ता पेट्रोलको चर्को मूल्य तिर्न बाध्य भएका छन् ।

प्रतिलिटर रु १०४ पर्ने पेट्रोल जिल्लाका उपभोक्ताले रु १३५ देखि रु १५० सम्ममा खरिद गर्दैआएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य सहायक सन्तोष पाण्डेयले सीमावर्ती भारतीय बजार झुलाघाट तथा छिमेकी जिल्ला डडेल्धुराबाट पेट्रोल खरिद गर्नुपरिरहेको बताए ।

दुई वर्षयता उपभोक्ताले चर्को मूल्यमा पेट्रोल किन्नु परिरहेको दशरथचन्द नगरपालिका–१ का अमरबहादुर टेरले बताए । घाटा भएपछि पेट्रोल ढुवानी गर्न बन्द गरेको भण्डारी आयल स्टोरका सञ्चालक लालबहादुर भण्डारीले जानकारी दिए ।

पेट्रोलमा भइरहेको कालोबजारीका बारेमा सम्बन्धित पक्षसँग छलफल गरिने प्रमुख जिल्ला अधिकारी चन्द्रप्रकाश गैरेले बताए ।

तपाईको प्रतिक्रिया