कार्गोदर घटाउन माग


Share This

नेपालबहस संवाददाता    

१५ साउन, काठमाडौं । नेपालको निर्यात् र आयातमा कार्गो क्षेत्रको महत्वपूर्ण भूमिका रहेको सरोकारवाहरुले बताएका छन् । २३औं कार्गो दिवसको अवसरमा शनिबार नेपाल फ्रेट फरवाडर्स् एसोसिएसनले राजधानीमा गरेको कार्यक्रममा कार्गो क्षेत्रले आयात–निर्यातमा ‘रगत र धमनी’को भूमिका निर्वाह गरेको जिकिर गरेका हुन् ।

कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले चीनसँगको पारवहन सम्झौता कार्यान्वयनमा आउनसके नेपालको ढुवानी एवं कार्गो व्यवस्थित हुने बताए । उनले स्वदेशी उत्पादनको गुणस्तरीयतामा ध्यान दिन उद्योगी–व्यवसायीलाई आग्रह पनि गरे । ट्रेड कारोबारमामात्र नभइ कृषि उत्पादनका क्षेत्रमा पनि ध्यान दिन उनले व्यवसायीलाई अपिल गरे ।

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले नेपालीलाई पनि विदेशमा लगानी गर्न खुला गरिनुपर्ने बताए । यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले बढ्दो कार्गोदर घटाउन सरकारको ध्यानाकर्षण गराए । कार्यक्रममा संघले कार्गो क्षेत्रमा योगदान पुर्‍याएका निजी, सरकारी तथा गैरसरकारी संस्थालाई पुरस्कृत पनि गरेको थियो ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार