माग अनुसार सुन नपाएको व्यवसायीको गुनासो, विरोध स्वरुप २ दिन पसल बन्द


Share This


नेपालबहस संवाददाता    

चितवन । चितवनमा सुन चाँदी व्यवसायीहरुले माग अनुसार सुन नपाएको भन्दै २ दिन पसल बन्द गर्ने भएका छन् । नेपाल सुनचाँदी व्यवसायी संघले आफ्नो मातहतका सम्पूर्ण पसल मंगलबार र बुधबार पसल बन्द गर्ने भएका छन् ।

संघले विज्ञप्ति जारी गरी दुई दिन सुन पसल बन्द गर्ने जानकारी गराएको छ । संघका जिल्ला अध्यक्ष जीवनज्योती सदाशंकरद्वारा जारी विज्ञप्तिमा मागअनुसार सुन नपाएको हुँदा आन्दोलन गर्नुपरेको उल्लेख छ ।

सरकारसँग पटक–पटक आवश्यक सुन उपलब्ध गराउन आग्रह गरिए पनि सुनुवाइ नभएको विज्ञप्तिमा उल्लेख छ । चाडपर्वको समयमा सुनको माग बढेकाले सरकारलाई दबाब दिन सुन पसल बन्द गर्नु परेको संघले जनाएको छ ।

जिल्लामा करीब पाँच सय सुनचाँदी पसलमा सातामा पाँच किलो सुनका गरगहनाको माग हुने गरेपनि नेपाल राष्ट्र बैंकमार्फत दुई किलो मात्र सुन आउने गरेको व्यवसायीले बताएका छन् ।

तपाईको प्रतिक्रिया