fbpx

मेलम्ची-थाङपालधापको ठेक्का प्रक्रिया शुरु


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची– थाङपालधाप सडकको ठेक्का प्रक्रिया शुरु भएको छ । पन्ध्र किलोमिटर सडकखण्डका लागि रु ६४ करोड बजेट विनियोजन गरिएको छ । रकम विनियोजन भएसँगै डिभिजन सडक कार्यालय चरिकोटले ठेक्का प्रक्रिया अगाडि बढाएको हो ।

वहुवर्षीय योजनाअन्तर्गत मेलम्चीदेखि धापसम्मको सडकखण्ड फराकिलो पारी स्तरोन्नति गरिने डिभिजन सडक कार्यालयले जनाएको छ । सिन्धुपाल्चोक क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य शेरबहादुर तामाङले पाँचपोखरी क्षेत्रको मेलम्ची–भोताङ मोटरबाटो मेरुदण्ड जस्तै भएको र सो सडक निर्माणका लागि बहुवर्षीय योजनाका रुपमा बजेट विनियोजन गरिएको बताए ।

उनले धाप–भोताङ सडकखण्डका लागि बजेट व्यवस्थापन गर्ने, मेलम्ची, केउरिनी, बाँसखर्क, बरुवा, याङ्री सडकको बजेट थप गर्ने, दुवाचौर, बाँसखर्क, बरुवा सडकको बजेट थप गर्ने तथा पाँच पक्कीपुल र पाँचपोखरी केबलकार निर्माणका लागि पहल भइरहेको बताए । वर्षात्को समयमा पैदल आवतजावत गर्नसमेत मुश्किल पर्ने सो सडकखण्डको स्तरोन्नति भए मेलम्ची नगरपालिकाको ज्यामिरे लगायत पाँचपोखरी थाङपाल गाउँपालिकाका करीब २० हजार बासिन्दालाई यातायातको सुविधा पुग्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार