fbpx

नयाँ मुल्यसूची अनुसार निगमको मासिक १ अर्ब घाटा


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । भारतीय आयल कर्पोरेशनले नेपाल आयल निगमलाई पठाएको नयाँ मुल्यसूची अनुसार मासिक १ अर्ब घाटा नाघेको छ ।निगमलाई हरेक १५ दिनमा ६४ करोड ५७ लाख र मासिक घाटा १ अर्ब २९ करोड रुपैयाँ पुगेको छ ।

नेपाल आयल निगमलाई अहिले डिजलमा प्रतिलिटर ४ रुपैयाँ ४३ पैसा घाटा रहेको छ । यस्तै पेट्रोलमा ५ रुपैयाँ ४५ पैसा प्रतिलिटर घाटा रहेको छ । एक सिलिन्डर ग्यासमा भने ४ सय ४ रुपैयाँ ७३ पैसा घाटा रहेको छ ।

निगमलाई हवाइ इन्धनमा नाफा हुँदै आएको छ, हवाइ इन्धनको नाफा जोडेर पनि निगम मासिक १ अर्व २९ करोड रुपैयाँ घाटामा जाने प्रक्षेपण गरिएको छ ।

निगमले स्वचालित मूल्य प्रणाली अनुसार हरेक १५ दिनमा मूल्य समायोजन गर्दै आएको छ । तर नेपालमा मूल्य बढ्यो भनेर चौतर्फी आलोचना हुँदा नियमित रुपमा स्वचालित प्रणालीबाट मूल्य समायोजन गर्न पाएको छैन ।

अहिले भारतमाभन्दा पेट्रोल ३१ रुपैयाँ ७५ पैसा र डिजल ३१ रुपैयाँ १६ पैसा सस्तो रहेको छ । भारतमा भन्दा नेपालमा सस्तो भएपछि नेपालबाट भारततर्फ पेट्रोल र डिजलको अवैध निर्यात समेत हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया