fbpx

आजबाट अन्तर्राष्ट्रिय प्लाष्टिक प्रर्दशनी सुरु


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । ‘दोस्रो अन्तर्राष्ट्रिय प्लाष्टिक प्रर्दशनी’ शुक्रबारबाट सुरु भएको छ । प्लाष्टिक तथा पलाष्टिकजन्य बस्तुहरुको विस्तृत जानकारी दिने उद्देश्यले काठमाडौंको भृकुटीमण्डलमा सो प्रर्दशनी आजबाट सुरु भएको हो ।

प्लाष्टिक तथा प्लाष्टिकजन्य बस्तुहरुको विस्तृत जानकारी गराउन दोस्रो पटक पनि सो प्रर्दशनी आयोजना गरिएको आयोजक समितिका संयोजक विवेक तातेडले जानकारी दिए । प्लाष्ट नेपाल फाउन्डेशनले आयोजना गरेको प्रर्दशनी ३ दिनसम्म चल्नेछ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले उद्घाटन गरेको प्रर्दशनीमा प्लाष्टिक तथा पलाष्टिकजन्य विभिन्न सामग्रीहरुको प्रर्दशन गरिएको छ ।

एक सय २० वटा स्टल रहेको प्रर्दशनीमा भारतका प्लाष्टिक कम्पनीहरुको पनि उल्लेख्य सहभागिता रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार