fbpx

यसपालीको दशैंमा ३० करोडको फलफूल आयात हुने


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । यसपालीको दशैंमा करिब ३० करोड बराबरको फलफूल आयात हुने भएको छ । आन्तरिक उत्पादनले मुलुकभरको माग धान्न नसक्ने भएकाले ठूलो रकम विदेशीने गरेको हो ।

अरु समयमा भन्दा दशैंका बेला फलफूलको माग दोब्बरले बढ्ने भएकाले ३० करोड हाराहारीको फलफूल विदेशबाट भित्रिने व्यवसायीले बताएका छन् ।

दशैंमा चीनबाट करिब २० करोडको स्याउ आयात हुने नेपाल फलफूल थोक व्यवसायी संघका केन्द्रिय कोषाध्यक्ष काशिराम सापकोटाले जानकारी दिए ।

उनका अनुसार नेपालमै उत्पादन हुने स्याउले जम्मा १० प्रतिशत माग धान्न भएकाले धेरै स्याउ चीनबाट ल्याइने गरिएको छ । अहिले चीनबाट दैनिक जसो ५०(६० गाडीमा डेढ सय टन स्याउ भित्रिरहेको छ, यस्तै चाइनाबाट दशैंभरीमा ६०० कन्टेनर स्याउ भित्रिने भएको छ ।

६० प्रतिशत केरा भने भारतबाट भित्रिने गरेकोमा दशैंका लागि ५०-६० टन केरा भारतबाट आउने भएको छ । आयातको कूल परिमाण हेर्दा करिब १५ सय टन फलफूल दशैंलाई लक्षित गरेर भित्रिने थोक व्यवसायी बताउँछन् ।

स्याउ र केराबाहेक सुन्तला, अंगूर, मौसम, पनि विदेशबाटै आयात हुने गरेको छ । सुन्तला भने भारतबाट धेरै भित्रिने गरेको छ । दशैंको बेला सुन्तलाको माग नहुने भएकाले करिब ४ करोडको आयात हुने संघका कोषाध्यक्ष सापकोटाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया