fbpx

समयमा गुणस्तरीय काम नगर्ने ठेकेदार कम्पनीलाई कारबाही गर्न निर्देशन


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । संसदीय समितिले तोकिएकै समयमा विकास निर्माणको काम सम्पन्न नगर्ने ठेकेदार कम्पनीमाथि कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।

संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको सभापति कल्याणी खड्काले तोकिएकै समयमा गुणस्तरीय काम नगर्ने ठेकेदार कम्पनीलाई कडा कार्वाही गर्न सरकारलाई निर्देशन दिएकी छन् ।

बुधबार सिंहदरबारमा पत्रकारहरुसँग अन्तरक्रिया गर्दै उनले क्षमता नभएका कम्पनीलाई निर्माणको जिम्मा नदिन पनि सरकारलाई सचेत गराइन् । खड्काले विवादमा तानिएको पप्पु कन्सट्रक्सन कम्पनीलाई ठेक्का दिएकोमा असन्तुष्टि व्यक्त गरिन् ।

उनले राष्ट्रिय गौरवको आयोजना निर्माणलाई तीव्रता दिन ढिलाई नगर्न सरकारसँग आग्रह गरेकी छन् । विकास निर्माणलाई अघि बढाउन आवश्यक कानुनको व्यवस्था गर्न र प्रभावकारी बनाउन आवश्यक सुझाव दिन संचारकर्मीहरुलाई पनि आग्रह गरिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार