दुईतिहाइको कम्युनिष्ट शासन : गाँसगाँसमा कर, दुधे बालकले खाने दुधमाथि २३ करोड कर


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । गरिबको आँशु पुछ्ने भनी जनवादी गीत गाएर नथाक्नेबाटै आज तिनै जनताले खाने हरेक गाँस र पानीको घुड्कोमा पनि कर लगाई रहेकाछन् । हुँदाहुँदा बालबालिकाले खाने दुधमापनि रु २३ करोड जति राजश्व असुल गरेर बहादुरी प्रदर्शन गरेको छ वर्तमान सरकारले । करबडा भन्ने उपनामले निजी क्षेत्रमा कुख्याती कमाउन थालेका वर्तमान अर्थमन्त्री डा. यूवराज खतिवडाले अब गरिबका गाँसगाँस र बालबच्चाले खाने दुधको घुड्का घुड्काका कर लगाउन थालेका छन् ।

भन्सार विभागबाट हालै प्रकाशित तथ्यांक अनुसार गत आर्थिक वर्षको पहिलो पाँच महिनामा कृषिजन्य वस्तुहरुको राजश्व रु. १० अर्ब ८० करोड जति रहेकोमा चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा कृषिजन्य वस्तुहरुको आयातमा ५० प्रतिशतले वृद्धि भई रु. १६ अर्ब २६ करोड पुगेको छ । जनताको जीवनयापनसँग प्रत्यक्ष सरोकार राख्ने कृषिजन्य वस्तुहरुको आयातमा यसरी दानादाना र थोपाथोपामा कर असुल्ने नीतिले जनताको भान्सा दिनानुदिन महँगो हुँदै गएको छ । दिनभरी ज्याला गरेर छाक टार्नुपर्ने वर्गको जीवनयापन त झन् अझ कष्टकर हुन पुगेको छ ।

यता कृषिजन्य वस्तुहरुको आयातमा भारी करका कारण गरिब जनताको अधिकांश आय खानामा नै खर्च गर्नुपर्ने अवस्थाको सिर्जना भएको छ भने अर्कोतिर सरकारले स्वदेशी कृषकहरुलाई आन्तरिक करको भारी बोकाएर मर्न न बाँच्नुको अवस्थामा पुर्याएको छ । मालपोतमा तीन अंकको बृद्धि, एक गाउँका उत्पादन अर्को गाउँ लैजाँदापनि कर लगाउने प्रचलनको शुरुवात र जंगल र जलबाट कृषकहरुको अधिकार खोसी खेती गर्नु अपराध गर्नुजस्तो अवस्था सिर्जना गरिरहेको छ वर्तमान ओली सरकारले ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार