fbpx

पर्यटन र शिक्षा क्षेत्रमा ४८ अर्ब बाहिरियो


Share This

नेपालबहस संवाददाता    

सेवा व्यापारमा खुदघाटा साढे ९ अर्बले वृद्धि

काठमाडौं । चालु आर्थिक वर्षको प्रथम छ महिनामा मुलुकको सेवा व्यापारमा खुदघाटा रु.९ अर्ब ४५ करोड पुगेको नेपाल राष्ट्र बैंकले हालै प्रकाशित प्रतिवेदनमा उल्लेख गरिएको छ । जबकि अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु.१ अर्ब ४२ करोडले घाटामा रहेको बैंकले जनाएको छ ।

नेपालीहरु पर्यटकका रुपमा विदेश जाने हैसियत प्राप्त गरिसकेका छन् । अर्को विदेशी पर्यटकहरुलाई नेपालमा आकर्षित गर्नसक्ने थप प्रडक्टहरुको व्यवस्था गर्न नसक्दा यो अवस्था सिर्जना भएको हो । शिक्षा र पर्यटनमा वाहिरिएको रकम रोक्न आन्तरिक पर्यटनको प्रवद्र्धन गर्न जरुरी छ ।

सेवा खाता अन्र्तगत पर्यटन क्षेत्रको आय समिक्षा अवधिमा ८.१ प्रतिशतले वृद्धि भई रु.३६ अर्ब ५० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आय रु.३३ अर्ब ७५ करोड रहेको थियो । सेवा खाता अन्र्तगत पर्यटन व्यय समिक्षा अवधिमा ३०.८ प्रतिशतले वृद्धि भई रु.४७ अर्ब ९९ करोड पुगेको छ । यसमध्ये शिक्षातर्फको खर्च रु.२५ अर्ब ५९ करोड रहेको छ ।

सेवाव्यापार घाटामा जानुमा नेपाली पर्यटकहरुले विदेश जाँदा गर्ने खर्चमा भएको भारी वृद्धि प्रमुख कारण रहेको छ । पर्यटन क्षेत्रको व्यय ३०.८ प्रतिशतले वृद्धि हुनु र पर्यटन क्षेत्रको आयमा ८.१ प्रतिशतले मात्र वृद्धि हुँदा सेवा व्यापार क्षेत्रको व्यापारघाटा बढाउन भूमिका खेलेको देखिन्छ । समिक्षा अवधिमा पर्यटन क्षेत्रमा मात्रै व्यापारघाटा रु ११.४९ अर्ब पुगेको छ । मुुलुकबाट शिक्षाका लागि बाहिरिने रकमको परिमाण ठूलै छ । शिक्षातर्फबाट रु. २५ अर्ब ५९ करोड रुपैंया बाहिर जानु सानो रकम हैन ।

यस तथ्यांकले दुईवटा संकेत गरेको छ । पहिलो नेपालीहरु पर्यटकका रुपमा विदेश जाने हैसियत प्राप्त गरिसकेका छन् । अर्को विदेशी पर्यटकहरुलाई नेपालमा आकर्षित गर्नसक्ने थप प्रडक्टहरुको व्यवस्था गर्न नसक्दा यो अवस्था सिर्जना भएको हो । शिक्षा र पर्यटनमा वाहिरिएको रकम रोक्न आन्तरिक पर्यटनको प्रवद्र्धन गर्न जरुरी छ । अर्कोतिर मुलुकमा गुणस्तरिय शिक्षा प्रदान गर्ने वातावरण तयार गरी शिक्षाका क्षेत्रमा वाहिर जाने रकम रोक्न पनि आवश्यक देखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार