fbpx

विदेशी मुद्रा सञ्चिति घट्यो , डलरमा भारु किन्ने वाध्यता कायमै


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । नेपाल राष्ट्र बैंकले हालै प्रकाशित गरेको तथ्यांक अनुसार मुलुकको कुल विदेशी विनिमय सञ्चिति २०७५ असार मसान्तमा रु.११ खर्ब २ अर्ब ५९ करोड रहेकोमा २०७५ पुस मसान्तमा रु.१० खर्ब ५८ अर्ब २० करोड कायम भएको छ । यसैगरी अमेरिकी डलरमा यस्तो सञ्चिति २०७५ असार मसान्तमा १० अर्ब ८ करोड रहेकोमा २०७५ पुस मसान्तमा ९ अर्ब ४१ करोड रहेको पनि नेपाल राष्ट्र बैंकले जनाएको छ ।

पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.५ प्रतिशत रहेको छ । नेपालको कुल वस्तु व्यापारमा भारतबाट हुने आयात करिव दुई तिहाई हुुनुले युएस डलर तिरेर भारु खरिद गरी भारतसँगको व्यापार कायम राख्नुपर्ने वाध्यता यस अवधिमा पनि कायम हुने देखिएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७५ असार मसान्तमा रु.९ खर्ब ८९ अर्ब ४० करोड रहेकोमा २०७५ पुस मसान्तमा रु.९ खर्ब १९ अर्ब ५७ करोड रहेको छ । बैंक तथा वित्तीय संस्थाहरू (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७५ असार मसान्तमा रु.१ खर्ब १३ अर्ब १९ करोड रहेकोमा २०७५ पुस मसान्तमा रु.१ खर्ब ३८ अर्ब ६३ करोड पुगेको छ ।

२०७५ पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.५ प्रतिशत रहेको छ । नेपालको कुल वस्तु व्यापारमा भारतबाट हुने आयात करिव दुई तिहाई हुुनुले युएस डलर तिरेर भारु खरिद गरी भारतसँगको व्यापार कायम राख्नुपर्ने वाध्यता यस अवधिमा पनि कायम हुने देखिएको छ ।

बैंक तथा वित्तीय संस्थाहरू

सञ्चिति पर्याप्तता सूचकहरू आर्थिक वर्ष २०७५/७६ को ६ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ८ महिना ९ दिनको वस्तु आयात र ७ महिना ८ दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन र कुल आयातसँगका अनुपातहरू क्रमशः ३५.२ प्रतिशत र ६४.८ प्रतिशत रहेका छन् । २०७५ असार मसान्तमा यी अनुपातहरू क्रमशः ३६.७ प्रतिशत र ७८.६ प्रतिशत रहेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार