fbpx

प्रतिव्यक्ति आय १२ हजार युएस डलर पुर्याउन ९७ खर्ब लगानी आवश्यक


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । राष्ट्रिय योजना आयोगले पन्ध्रौ योजनाको आधारपत्रको मस्यौदा उपर छलफल गर्ने क्रममा आगामी २५ वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय १२ हजार पाँच सय युएस डलर पुर्याउने लक्ष्य लिएको छ ।

दीर्घकालीन सोचसहितको पन्ध्रौं योजना ( २०७६/७७ —२०८०/८१ ) आधारपत्र मस्यौदा राष्ट्रिय परामर्श तथा अन्तरक्रिया कार्यक्रममा आयोगले यो लक्ष्य निर्धारण गर्ने प्रस्ताव गरेको हो । तर सरकारको सो प्रस्तावलाई कार्यक्रममा सहभागी अधिकांश वक्ताहरुले अति महत्वाकांक्षी भनी आलोचना गरेका छन् । यसका अलावा समाजवाद उन्मुख अर्थतन्त्रको कुरा गरेपनि सो कुरा मस्यौदामा कतै उल्लेख नहुनु यो मस्यौदाको सबैभन्दा कमजोर पक्ष रहेको अधिकांश वक्ताहरुको निचोड रहेको छ ।

साथै सो कार्यक्रममा आयोगले आगामी पाँच वर्षमा अधिकतम १०.१ प्रतिशत र न्युनतम ९.४ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य पनि प्रस्ताव गरेको छ । सो लक्ष्य हासिल गर्न अधिकतम ९७ खर्ब ७० अर्ब तथा न्युनतम ८८ खर्ब ४ करोडको लगानी आवश्यक पर्ने पनि आयोगले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार