बेमौसमी बर्षाले ३५ लाखको सामग्री बगायो



नेपालबहस संवाददाता
 



पुल निर्माण

  • 24
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    24
    Shares

स्याङ्जा । स्याङ्जा र पर्वत जोड्ने गरी निर्माण हुन लागेको सेतीखोला पुलका सामग्री बगाएर क्षति पु¥याएको छ । आउँदो असार मसान्तभित्र सम्पन्न गर्ने तयारीका साथ निर्माण हुदै गरेको पुलको सामग्री बाढीले बगाएपछि पुल बेलैमा सम्पन्न नहुने देखिएको छ ।

मुक्तिनाथ निर्माण सेवा र सुयान विल्र्डसले संयुक्तरुपमा निर्माण गर्दै आएको पुल पर्वतको विहादी गाँउपालिका र स्याङ्जाको गल्याङ नगरपालिका जोड्ने पूल हो । पुलको सबै काम सकिएको थियो, सुयान विल्र्डसका प्रोपाईटर सुदन श्रेष्ठले भने,“बैशाख ७ गते ढलानको तयारी थियो, सबै सामाग्री बाढीले बगाईदियो ।” पुल निर्माण गर्न प्रयोग गरिएका पानी तान्ने पम्प, मेसिन, गिट्टी बालुवा, हिमपाईप, काठ, जाली लगायतका सामग्री बगाएर ठुलो क्षेित व्यहोर्नु प¥यो – श्रेष्ठले भने ।

श्रेष्ठका अनुसार दुईदिनसम्म लगातार परेको अविरल बर्षाले करिब ३५ लाख बराबरको क्षति पु¥याएको छ । बर्षा नलाग्दै पुल सम्पन्न गर्ने योजनामा थियो, श्रेष्ठले भने,“सामग्री सबै बगाएपछि पुल निर्माण कार्य अब केही महिना लम्बिने छ ।” पुल निर्माणमा राम्रो काम गर्दै आएका दुई कम्पनी बेमौसमीको शिकार बन्न पुगेका छन् । ३५ मिटर लम्बाई र ११ मिटर चौडाई रहेको पुल निर्माण गर्न रु. ५ करोड १२ लाखमा सम्झौता गरिएको थियो ।

दुईजिल्ला जोड्ने मोटरेवल पुल निर्माण भएपछि दक्षिण पर्वत र पश्चिम स्याङ्जाका बासिन्दालाई आवातजावतमा टेवा पुग्ने बताइएको छ । समयमै पुल सक्ने गरी थालेको निर्माण कार्यलाई बेमौसमी बाढीका कारणले अलपत्र अवस्थामा पुर्याएको छ । बाढीले क्षति पु¥याएपछि समयमै मोटरेवल पुल सम्पन्न गर्न नसकेपनि केही महिनाभित्र सक्ने योजना रहेको श्रेष्ठले बताएका छन् ।

मोटरेवल पुल निर्माणमा कुनै कसुर बाँकी नराखी काम भएको स्थानीयले बताएका छन् । बाढीका कारण ठेकेदारले ठुलो क्षति व्यहोर्न परेकोमा स्थानीय पनि दुखित भएको बताइएको छ ।


  • 24
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    24
    Shares

सम्बन्धित समाचार