ऊर्जा मन्त्रालयको श्वेतपत्र , १० वर्षभित्र १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य


Share This

नेपालबहस संवाददाता    

काठमाडौँ / दस वर्षभित्र १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले श्वेतपत्र जारी गरेको छ । श्वेतपत्र जारी गर्दै ऊर्जामन्त्री वर्षमान पुनले हचुवाको भरमा योजना नबनाइएको दाबी गरे ।

श्वेतपत्रमा तीन वर्षभित्र ३ हजार मेगावाट, ५ वर्षभित्र ५ हजार मेगावाट र १० वर्षभित्र १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य तोकिएको छ । आगामी १० वर्षमा नेपाललाई मात्रै १० हजार विद्युत् आवश्यक पर्ने अनुमान मन्त्रालयको छ ।

श्वेतपत्रमा ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजना २०७५/ ७६ भित्र सक्ने लक्ष्य लिइएको छ । मन्त्रालयले हरेक प्रदेशमा एक ठूलो जलविद्युत् वा सौर्य आयोजना बनाउने योजना पनि सारेको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State