कृषि विद्यार्थीका लागि उर्वरक्षेत्र : मन्त्री खनाल


Share This


नेपालबहस संवाददाता    119 Views

काठमाडौं । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले विद्यार्थीलाई पढाइ सके पछि विदेशै जानुपर्छ भन्ने मान्यता परिवर्तन गर्न आग्रह गरेका छन् ।

थापाथली इञ्जिनियरिङ क्याम्पसका नवप्रवेशी विद्यार्थीको स्वागत र पुराना विद्यार्थीको बिदाइ कार्यक्रममा उनले कृषि क्षेत्र लगानीको मेरुदण्डका साथै विद्यार्थीका लागि पनि उर्वरक्षेत्र भएको उल्लेख गरेका छन् । विदेशमा जति समय काम गरिन्छ त्यति समय स्वदेशमा परिश्रम गर्ने हो भने विदेशमा गर्ने आम्दानी भन्दा स्वदेशको आम्दानी दोब्बर हुने मन्त्री खनालको तर्क रहेको छ ।

उनले ‘‘कृषिलाई पर्यटन, अर्गानिक र जलस्रोतसँग जोडेर व्यावसायिक योजना बनाए सरकार युवाका लागि न्यूनतम ब्याजदरमा कर्जा लगानी गर्न तयार रहेको बताए ।

तपाईको प्रतिक्रिया