बयोबृद्ध माईली तामाङले काभ्रे प्रहरीबाट पाईन न्याय


Share This


नेपालबहस संवाददाता    

काठमाडौं । काभ्रे भन्ने वित्तिकै गुण्डा डन र तस्करको उद्गमस्थलका रुपमा परिचय बनाएको छ । काठमाडौंका गुण्डागर्दी गर्ने डनहरुदेखि तस्करी गर्ने अधिकांश धन्दावालाहरुको जन्मभूमी काभ्रे नै रहेको पाइन्छ । कुनै समय तातोपानी नाकाबाट तस्करी हुने नुनदेखी सुनसम्मको धन्दामा पनि काभ्रेलीहरुको बाक्लै सहभागिता रहने गरेको थियो । यताबाट रक्तचंन्दन र खासाबाट सुनको अवैध तस्करीको मुख्य टान्जिट प्वाइन्ट रहेको काभ्रे यतिबेला भने बोधिचित्तका कारण पुन एकपटक चर्चामा आएको छ ।

विगत केही वर्षदेिख काभ्रे,रामेछाप, दोलखा लगायतका जिल्लाहरुमा बोधिचित्तको व्यवसायिक खेती बाँक्लै रुपमा हुने गरेको छ । बोधिचित्तको व्यवसायिक खेतीकै कारण गरिव र पिछिडिएको वर्गपनि रातारात धनी हुने क्रम बढेको छ । साथै कोदो मकै जस्ता खाद्यान्नको पनि राम्रो उब्जनी नहुने डाँडापाखामा समेत बोधिचित्तको खेतीले राम्रै उत्पादन दिन थालेको छ ।

बुद्ध धर्म मान्नेहरुका लागि बोधिचित्तका दानाहरु अत्यन्तै महत्वपूर्ण मानिने गरेको छ । बोधिचित्तका विभिन्न साइजका प्रकार र दानाहरु मुल्यवान हुने गरेका छन् । बुद्ध धर्मलाइ शान्तिको प्रतिकको रुपमा लिने गरिन्छ । तर धार्मिक रुपमा अत्यन्तै मह्त्ववपूर्ण र बुद्ध धर्मालम्बीहरुले अत्यन्तै सम्मान गर्ने वोधिचित्तको कारण भने काभ्रेमा वेला वेला अशान्ति फैलिने गरेको छ ।

शान्तिका नाममा फैलदो अशान्तिप्रति यतिबेला काभ्रेको प्रहरी प्रशासन र स्थानिय सरकार संवेदनशिल बनेको पाइएको छ । बोधिचित्तकै कारण गुण्डागर्दी बढेको, समाजमा अशान्ति फैलिएको र वास्तविक किसानले सहि मूल्य नपाएर विचौलियाहरु भने रातारात मोटाउने गरेका छन् । यस्तै समस्यालाई लिएर अहिले काभ्रेको प्रहरी प्रशासन संवेदनशिल बनेको पाइएको छ ।

हालसालै मात्र काभ्रे प्रहरी प्रमुखको जिम्मेवारी सम्मालेका एसपी रविराज खड्काले सुरुवाती दिनमै का्रभेलाई गुण्डागर्दी र तस्करमुक्त जिल्ला बनाउने उद्घधोष गरेका थिए । सोही प्रतिबद्धतालाई साकार रुप दिने सोचअनुरुप वर्षौदेिख गुण्डा र विचौलियाबाट हेपिएकी र ठगिएकी माइली तामाङले प्रहरीको सक्रियतामा न्याय पाएकी छन् ।

यसरी पाइन माइलीले न्याय

रोशी गाउपालिका शिखर आम्मबोटे सिसाखानीकी यी बयोवृद्ध ८६ बर्षकी माइली तामाङलाई प्रहरीको सक्रियतामा न्याय दिईएको हो । उनले आफ्नै बारीमा लगाएको बोधित्तितका रुखलाई उनकै भदा नाता पर्ने भीमबहादुर तामाङले १० बर्षको सम्झौता गरेर दुइ करोडको कागज गराएका थिए । तर उनले बार्षिक चार पाँच लाख मात्रै बडो मुस्किले पाउने गरेकी थिइन् । गुण्डा र दलालहरु मिलेर भनेजति पैसा नदिने, आफुलाई परेको अन्यायबारे प्रहरीकोमा धाउन पनि नदिने र उजुरी गर्न पनि नदिने परिस्थिती विगतमा विद्यमान थियो ।

हरेक वर्ष उनको रुखलाई लिएर गुण्डासमूह र दलालहरुबीच झगडा र कुटपिट हुने गरेको थियो । यसपटक त्यो परिस्थितीलाई एसपी खड्काको सक्रियतामा अन्त्य गरिएको छ र जवरजस्ती दश बर्षका लागि गरिएको दुइ करोड बराबरको सम्झौता करार पनि प्रहरीकै रोहबरमा च्यातिएको छ । फलस्वरुप उनले यसपटक बोधिचित्तको उचित दाम अतार्थ ४१ लाख रुपियाँ प्राप्त गरेकी छिन् ।

भने अर्कोवर्षदेखि माइली तामाङले जसलाई मन लाग्यो वा जसले बढी रकम दिन्छ उसैलाई बोधिचित्तका दाना दिन पाउने भएकी छिन् । यसैबीच माइली तामाङले प्राप्त गरेको ४१ लाख मध्ये २२ लाख रुपैया गुण्डा समूह तिर्थ लामा, दुधराज तामाङ र दमै सिहंले लुटेर लगेको भन्ने जानकारी पाएपछि प्रहरीले अनुसन्धान सुरु गरेको एसपी खड्काले नेपाल बहसडटकमलाई बताए । अवैध क्रसर उद्योग र बालुवाखानीहरु बन्द गराएर चर्चा कमाएका एसपी खड्काको अबको ध्यान काभ्रेलाई गुण्डागर्दीमुक्त जिल्ला बनाउने तर्फ केन्द्रित रहेको बताउछन् ।

बोधिचित्तका रुखहरुको तथ्याङ्क संकलन गर्ने कार्य जारी

काभ्रेमा चालु वर्षमा प्रहरीकै सक्रियतामा दुईवटा करार भङ्ग भएका छन् । बिगतमा स्थानीयहरुले समेत बोधिचित्तकै कारोवारका कारण असुरक्षित भएको महसुस गरेका थिए् । ब्यवसायिक रुपमा बोधिचित्तको खेती गर्नेहरु पनि असुरक्षाका कारण निराश बन्न थालेका थिए । तर प्रहरी प्रशासनको सक्रियता तथा तेमाल र रोशी गाउँपालिकाले बोधिचित्तका बारेमा छुट्टै नीति बनाएर सुरक्षित ढंगबाट ब्यवसायिक खेतीको प्रर्वद्धन र स्वतन्त्र रुपले ब्यवसाय गर्न पाउने हकको ग्यारेण्टी गराउँदै छन् । जिल्लाको उक्त क्षेत्रमा हुने बोधिचित्तका रुखहरुको तथ्याङ्क संकलन गर्ने कार्य समेत भईरहेको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले कारोवारीहरु धेरैले एउटै पक्षको करारनामा गर्ने, आफै अदालत जाने र असुरक्षा उत्पन्न गराउने कार्य भईरहेको बताए । स्थानीय सरकारसँगको समन्वयमा आगामी दिनमा ब्यवस्थित गर्ने गरी छलफल शुरु भएको राउतले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार