दैलेखमा कृषि ज्ञान केन्द्र स्थापना


Share This

नेपालबहस संवाददाता    

सुर्खेत । कर्णाली प्रदेशमा पहिलो पटक दैलेखमा कृषि ज्ञानकेन्द्र स्थापना गरिएको छ । कर्णाली प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विमला केसीले आज दैलेखको नारायण नगरपालिकामा कृषि ज्ञानकेन्द्र दैलेखको औपचारिक उद्घाटन गरे।

उनले कृषिको आधुनिकीकरणसँगै बजारीकरणका लागि तथा बजेट कार्यान्वयनका लागि कार्यालय स्थापना गरिएको बताए । प्रदेशको कृषि क्षेत्रका लागि विनियोजित बजेटलाई गरीबमुखी बनाउन कार्यालय स्थापना गरेर अगाडि बढेको उनको भनाइ थियो ।

प्रदेश सरकार नागरिकको विकासका लागि गम्भीर रहेको भन्दै उनले बजेट अभावमा कुनै पनि कार्यक्रम तथा योजना अधुरो नरहने जिकिर गरे ।

कर्णालीको विकासका लागि सबैभन्दा पहिले सबैको चेतना परिवर्तन आउन आवश्यक रहेको औँल्याए । जिल्ला समन्वयका रुपमा संविधानले परिकल्पना गरेअनुसार सबै जिल्लामा कृषि तथा पशु ज्ञानकेन्द्र स्थापना दैलेखबाट शुरु गरिएको मन्त्री केसीले बताए ।

तपाईको प्रतिक्रिया