तरकारी खेतीबाट फेरियो रीश्माको जिवन, वार्षिक दुई लाख आम्दानी



नेपालबहस संवाददाता
 




Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कालीकोट । परम्परागत अन्नबाली लगाउन छोडर मौसमी तथा बेमौसमी तरकारी खेतीले कालीकोटकी रीश्मा शाहीको जिवन फेरिएको छ ।तीन बर्षायता तरकारी खेती गर्दै आएकी कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–६ निवासी रीश्मा शाहीको जीवनस्तर नै फेरिएको हो ।

तिला गुफा कृषि विकास शाखा कालीकोट र सेडा नेपालद्वारा सञ्चालित विकास परियोजनामार्फत मौसमी तथा बेमौसमी तरकारीखेतीसम्बन्धी तालीमसँगै ८० प्रतिशत अनुदानमा तरकारी बालीको बीउ र कृषि औजारसमेत कृषकलाई उपलब्ध गराएको थियो ।

तरकारी खेती गर्दा परिवारको खर्च, छोराछोरीको पढाइ खर्च चलाएर वार्षिकरुपमा करीब रु दुई लाख बराबर आम्दानी गर्न सकेको कृषक रीश्मा शाहीले बताइन् ।

उनले भनिन्, ‘‘अन्नबाली लगाएपछि वर्षभरि परिवारलाई छाक टार्नै समस्या पर्छ । उनले अहिले पनि बन्दा, काउली, काँक्रा, खुर्सानी, गोलभेंडा, भण्टालगायतका तरकारी रोपेकी छिन् । एक पटकमा रु ६० हजार बराबर आम्दानी गर्ने गरेको उनले बताइन् ।

प्लाष्टिक घरमा तरकारी लगाउँदा तापक्रम र पानीको मात्रासमेत मिल्ने भएकाले उत्पादन बढी हुने गरेको अनुभव उनीसँग छ । तिलागुफा नगरपालिका–६ गाल्जेका स्थानीय कृषक तरकारी खेतीमा सक्रिय भएका छन् । अन्नबालीभन्दा तरकारी खेतीबाट राम्रो आम्दानी लिन थालेपछि यहाँका सबै कृषक तरकारी खेतीप्रति आकर्षित पाइएको छ ।

अर्का कृषक परेकबहादुर शाहीले पनि तरकारी खेतीबाटै वार्षिक रु डेढ लाख आम्दानी गर्छन् । अर्गानिक तरकारी खेती गरी मनग्य आम्दानी लिन सकिने भएपछि आफूले पनि मौसमी तथा बेमौसमी तरकारी खेतीको शुरुवात गरेको उनले बताए ।

गाल्जेका स्थानीय कृषकले उत्पादन गरेको तरकारी गाल्जे बजार, नाग्मा बजार र जुम्ला खलङ्गा बजारसम्म पु¥याएर बिक्री वितरण गर्दै आएका छन् ।


Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •