बाली बिमाबारे किसान अनविज्ञ


Share This

सुबिन भट्ट    

१२ जेठ, काठमाडौं । बाली बिमाबारे वैतडीका किसान अनविज्ञ रहेका छन् ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लामा अहिलेसम्म किसानले बाली बिमा गरेका छैनन् । सरकारले २०६९ सालमा किसानलाई लक्षित गरेर बाली बिमा कार्यक्रम ल्याएको हो । बिमाबारे किसानले नबुझ्दा उनीहरुले बिमा नगरेका हुन् ।

सरकारले असिना, खडेरी, सुख्खा, रोगकीराको प्रकोपबाट बालीनालीमा क्षति पुगेमा किसानलाई बढीमा ९० प्रतिशतसम्म क्षतिपूर्ति दिने व्यवस्था गरेको छ । तर किसानले बिमा नै नगरेकाले क्षति भए पनि क्षतिपूर्ति पाउन नसकेको जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकृत कर्णबहादुर चन्दले बताए ।

बाली बिमा नगरेकै कारण किसानले बर्सेनि क्षतिपूर्ति पाउन सकेका छैनन् । “बाली बिमाबारेमा किसानले चासो दिने गरेका छैनन्,” नेपाल इन्स्युरेन्स कम्पनी लिमिटेडका प्राविधिक सहायक महादेव अवस्थीले भने । कम्पनीले डडेल्धुरा र बैतडीमा कृषि बिमा गर्ने गरेको छ ।

सरकारले विभिन्न बालीमा त्यसको लागत निर्धारण गरेर ७५ प्रतिशत बिमा शुल्क आफैले तिर्ने गर्दछ । क्षतिपूर्ति किसानले लागतको ९० प्रतिशतसम्म पाउने गर्छन् ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार