कम लगानी धेरै आम्दानी, बाख्रापालन गर्ने किसानको संख्यामा वृद्धि


Share This

नेपालबहस संवाददाता    

डडेल्धुरा, २४ वैशाख । डडेल्धुरामा केही समययतादेखि बाख्रापालन गर्ने किसानको संख्यामा वृद्धि भएसंगै खसीको मासुमा आत्मनिर्भर बन्दै गएको छ ।

जिल्लामा वर्षेनी ३५ देखि ५० हजार खसी बोका अन्य छिमेकी जिल्लामा बिक्रीका लागि लैजाने गरेको जिल्ला पशु सेवा कार्यालयको तथ्यांकमा उल्लेख छ । गत आर्थिक वर्षमा २० लाख १२ हजार किलो खसी बोकाको मासु उत्पादन भएको पशु विकास अधिकृत खडक शाहले बताए ।

जिल्लाको अजयमेरु, भागेश्वर र आलिताल गाउँपालिका तथा पर्शुराम नगरपालिकाका किसानले व्यावसायिक रुपमा बाख्रापालन गर्न थालेका छन् । जिल्ला पशु विकास कार्यालयले आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउन थालेपछि आधुनिक खोर सुधारका साथै बाख्राको नस्ल सुधार गरेर किसान बाख्रापालन गर्न थालेका छन् ।

कम लगानी र छोटो समयमा पर्याप्त आम्दानी हुन थाले संगै जिल्लाका ग्रामीण क्षेत्रमा सडक सञ्जालले जोडे पछि बाख्रापालन गतिलो आम्दानीको स्रोत बन्दै गएको छ । डडेल्धुरामा प्रतिकिलो खसीको मासु रु ६०० मा बिक्री हुने गरेको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State