काठमाडौंमा अटोमोबाइल अन्तर्राष्ट्रिय सम्मेलन शुरु


Share This


नेपालबहस संवाददाता    

काठमाडौं । विश्व अटोमोबाइल सङ्गठन ‘फेडेरेशन इन्टरनेशनल अटोमोबाइल्स (एफआईए)’को अन्तर्राष्ट्रिय सम्मेलन आजबाट (असोज १ गतेदेखि) काठमाडौँमा शुरु हुँदैछ ।

नेपाल अटोमोबाइल एशोसिएशन (नाडा) ले दिएको जानकारी अनुसार दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा नेपालबाहेक करीब २५ देशका ४० जना र नेपालका २० जना अटोमोबाइलसँग सम्बन्धित व्यक्तित्व गरी ६० जनाको उपस्थिति रहने छ ।

सम्मेलनको उद्घाटन सोमबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महाशेठले र समापन संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीले गर्ने कार्यक्रम तय भएको छ ।

उक्त सम्मेलनमा विभिन्न अटोमोबाइलसँग सम्बन्धित सङ्घसङ्स्थाहरुले आ–आफ्ना विभिन्न प्रकारका प्रस्तुति प्रस्तुत गर्ने भएका छन् । सम्मेलनले विश्वमा रहेका अटोमोबाइल क्षेत्रको विकासलाई मात्र नसमेटी नेपालको पर्यटन विकासलाई समेत उच्च प्रथामिकता दिई अघि बढ्ने एशोसिएशनका अध्यक्ष दशरथ रिसालले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार