fbpx

यती एयरलायन्सको जहाजभित्र युवतीको मृत्यु, ढाकछोप गर्न खोजेको घटना बाहिरीयो


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । नेपालको निजी क्षेत्रबाट संचालित यती एयरलायन्सले ढाकछोप गर्न खोजेको घटना सार्वजनिक भएको छ । भैरहवाबाट काठमाडौं आउँदै गरेको यती एयरलाईन्सको जहाजमा सवार एक युवतीको जहाजभित्रै मृत्यु भएको घटनालाई छुपाउन खोजिएको थियो । यतीले गुपचुप राख्न खोजेको घटना १३ दिनपछि मृतकका परिवारले सार्वजनिक गरेका छन् ।

असोज ५ गते यती एयरको दिउँसो २ बजेर ५५ मिनेटको उडानबाट काठमाडौं आउँदै गर्दा कपिलवस्तुकी ३० बर्षीया पुष्पा राईको जहाजमै मृत्यु भएको मृतक राईको परिवारले बताएको छ ।

यती एयरको एटीआर ७२—५०० यात्रा गरिरहेकी पुष्पा भैरहवाबाट उडेको १० मिनेटमै अचेत भएको र उपचारमा ढिलो हुँदा मृत्यु भएको परिवारको आरोप छ ।

विमान चढेको १० मिनेटमै अचेत भएर ढलेकी पुष्पालाई जहाज कम्पनीले भैरहवा नै फर्काएर छिटो उपचार गराउनेतर्फ ध्यान नदिँदा उनले ज्यान गुमाउनेपरेको मृतक पुष्पाका काका विष्णुबहादुर रायमाझीले बताएको खबर आजको अन्नपूर्ण पोस्टमा छ । सो जहाजमा पुष्पा र उनकी फुपु माया खडका र ७८ बर्षीया हजुरआमा दाँतको उपचारका निम्ति काठमाडौं आउँदै थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार