वाइडबडी खरिद प्रकरण : ७ दिनभित्र राय पेश गर्न अनुगमन कार्यालयलाई निर्देशन


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । वाइडबडी खरिद प्रकरणबारे आफ्नो राय पेश गर्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सार्वजनिक लेखा समितिले निर्देशन दिएको छ।आज सिंहदरबारमा कार्यालयका निर्देशक रामचन्द्र शर्मा, सचिव मधुप्रसाद रेग्मीलगायतसँग छलफल गरी समितिका सभापति भरत शाहले निर्देशन दिएका हुन्।

समितिले कार्यालयका निर्देशक, सचिवलगायतलाई वाइडबडी विमान खरिद एेनअनुसार भएको छ कि छैन ? भनी प्रश्न गरेका थिए। जवाफमा कार्यालयका सचिव रेग्मीले अहिले नै औपचारिक रुपमा जानकारी दिन नमिल्ने बताए। कार्यालयले समय माग गरेपछि समितिले ७ दिनको म्याद दिएको छ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार