fbpx

नेपाल फर्निचर तथा फर्निसिङ संघमा नयाँ नेतृत्व चयन


Share This

नेपालबहस संवाददाता    

काठमाडौं ।  नेपाल फर्निचर तथा फर्निसिङ संघको १९ औं बार्षिक साधारणसभाले रुपेश प्रधानको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । संघको साधारण सभाले नयाँ कार्य समितिका सबै पदाधिकारी निर्विरोध रुपमा चयन गरेको हो । संघको वरिष्ठ उपाध्यक्षमा शुभेन्द्र जोशी, उपाध्यक्षमा दिनेश अग्रवाल र मनिष अग्रवाल चयन भएका छन् ।

यसैगरी महासचिवमा ओम बस्नेत, कोषध्यक्षमा पूर्ण ब्रज्राचार्य, सचिवमा अर्जुन घिमिरे र सह कोषाध्यक्षमा सुष्मा लम्साल चयन भएका छन् । निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाल सहितसंघको १९ सदस्यीयकार्य समितिमा अरुण कुमार चौधरी, किरण वगिडिया, केदारनाथ बस्ताकोटी, योगेन्द्र कार्की, डम्बर पराजुली, रमिता श्रेष्ठ र दिलबिक्रम श्रेष्ठ सदस्यमा निर्वाचित भएका छन् ।

थप ३ जना सदस्य मनोनयन हुनेछ । नेपाल चेम्बर अफकमर्शका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठको प्रमुख आतित्थमा संचालन भएको साधारण सभाले संघको बार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा चालु आर्थिक बर्षको अनुमानित बजेट समेत पारित गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार