fbpx

एलपी ग्यास व्यवसायीहरु आन्दोलित, भोलीदेखि ग्यासको पीडीओ खरिद नगर्ने निर्णय


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । बुधबार काठमाडौमा पत्रकार सम्मेलन गर्दे संघले कमिसन वृद्धि, उद्योगहरुको यथार्थ सञ्चालन खर्च, उद्योगको कार्यगत नोक्सानी, बीमा खर्च लगायतका माग गर्दै संघले आन्दोलनको घोषणा गरेको हो ।

अहिले सञ्चालनमा रहेका ग्यास उद्योग नै पर्याप्त भएको भन्दै अब नयाँ उद्योग आवश्यक नरहेको पनि संघको भनाई छ । संघले कुनै अध्ययन र छलफल बिना नै तराईका केही उद्योगलाई फरक बिक्री मूल्य कायम गरिएकोले त्यसबाट भएको क्षतिपूर्ति दिलाएर तराईका सबै स्थानका लागि एउटै बिक्री मूल्य कायम गर्नुपर्ने माग गरेको छ ।

यस्तै, संघले नेपाली नम्बर प्लेटका ग्यास बुलेट सञ्चालनका लागि कूटनीतिक पहल गर्नुपर्ने माग गरेको छ । ग्यास सिलिण्डर बिस्फोट हुने क्षतिको बीमासम्बन्धी आवश्यक नीति तत्काल कानूनमा नै व्यवस्था गर्नुपर्ने, एलपी ग्यास विनियमावली, २०६५ तत्काल संशोधन गर्नुपर्ने र स्थानीय तहहरुबाट एलपी ग्यासको लागत वृद्धि हुनेगरी लगाइएका करहरु हटाउनुपर्ने लगाएका माग राखिएको संघका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिए ।

उनले आफुहरुले मागका बारेमा सरकारलाई जानकारी गराएपनि कुनै सम्बोधन नभएको भन्दै आन्दोलन गर्न बाध्य भएको बताए ।

संघले भोली शुक्रबारदेखि एलपी ग्यासको पीडीओ खरिद नगर्ने निर्णय पनि गरेको छ । त्यस्तै, माग पूरा नभए २७ फागुनदेखि एल पी ग्यासको विक्रि बन्द गर्ने र ३० फागुनदेखि सम्पूर्ण ग्यासको बिक्रि रोक्ने चेतावनी संघले दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार