फर्निचर तथा फर्निसिङ एक्स्पो फर्नेक्स २०१८ हुँदै, तयारी अन्तिम चरणमा


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । आगामी असोज ४ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने जेम फ्लोरिगंको प्रस्तुतीमा फर्निचर तथा फर्निसिङ एक्स्पो’फर्नेक्स २०१८’ को तयारी अन्तिम अवस्थामा पुगेको छ ।

आज काठमाडौंमा पत्रकार सम्मेलनगरी एक्स्पोको आयोजक संस्था नेपाल फर्निचर तथा फर्निसिङ संघले एक्स्पोमा प्रतिष्ठित स्वेदेशी तथा विदेशी ब्राण्डका सय भन्दा बढी कम्पनीहरु रहने जानकारी दिएको हो ।

एक्सपोमा ख्याति प्राप्त नेपाली तथा अन्तराष्ट्रिय ब्राण्डका फर्निचरहरुको वृहत प्रदर्शनी हुनेछ । उक्त अवसरमा नजिकिदै गरेको चाडपर्वलाई ध्यानमा राखेर स्टक क्लिेरेन्सका साथै दशैँ अफरका साथ फर्निचर तथा फर्निसिङका सामानहरु विक्रि वितरण समेत हुने एक्स्पो संचालन हुने आयोजकको भनाई छ ।

एक्सपोमा प्रदर्शनीको अतिरिक्त अवोलकन कर्ताहरुलाई लक्की ड्र मार्फत आर्कषक उपहार समेत वितरण गरिनेछ । त्यस्तै प्रदर्शनी स्थलमै वास्तुशास्त्रका साथै इण्टेरियर डिजाइन सम्बन्धी परामर्श समेत लिन पाइनेछ । रोबटिक प्रतिस्पर्धा पनि एक्सपोको अर्को आर्कषण हुने आयोजकले जानकारी गराएको छ ।

विगत वर्षका एक्स्पोको तुलनामा यस पटक प्रदर्शक तथा वस्तु र सेवामा धेरै फरक रहने इभेण्ट सोलुसनले जनाएको छ । फर्नेक्स २०१८को टाइटल स्पोन्सर जेम फ्लोरिगं रहेको छ ।

एक्स्पोको मुख्य प्रायोजक सिमल डेकोर,यती फ्लोरिगं, ग्लेनर डिलाइटरहेका छन् । एक्स्पोको छैठौं संस्करण को व्यवस्थापक इभेण्ट सोलुसन प्रा.लि.रहेको छ भने यो एक्स्पोलाई नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफकमर्श तथा नेपाल फर्निचर तथा फर्निसिगं व्यवसायी महासंघले प्रवद्र्धन गरेका छन् ।

किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बल लगायत सामग्री प्रदर्शनीको मुख्य आकर्षण रहने छन् । यसैगरि कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै वास्तुसँग सम्बन्धितउत्पादनप्रदर्शनीको आकर्षण बन्ने आयोजकले जनाएको छ ।

मौलिकतथा परम्परागतफर्निचरका साथै आधुनिक शैलीकाफर्निचरकाउत्पादनकाबारेमाजानकारी लिन सेवाग्राहीलाई एक्स्पो उचितगन्तव्यहुने संघका अध्यक्ष राजेश अग्रवालले बताए । उनले नेपालीउत्पादनलाई प्राथमिकतामा राखिदिनआमउपभोक्तालाई आग्रहगर्दै नेपालफर्निचर तथाफर्निसिङमाआत्मनिर्भर हुने बाटोमा रहेको जानकारी गराए ।

प्रदर्शनीमाफर्निचरको प्रदर्शनीमात्रनगरी त्यसकाउपयोगिता, प्रयोग विधि, बनोटका बारेमापनिअवलोकनकर्तालाई जानकारी गराउने आयोजकको भनाई छ ।यसकाअलावाफर्निसिङ व्यवसायमाआधुनिकप्रविधिभित्र्याउँदै फर्निचरजन्यउत्पादनमामुलुकलाई आत्मनिर्भर बनाउनएक्स्पोले टेवापुर्याउने अपेक्षागरिएको छ ।

एक्स्पो व्यवस्थापन गरेको इभेण्ट सोलुसनप्रा.लि.काप्रबन्धनिर्देशकविजय सागर प्रधानले फरक शैलीमाएक्स्पोको छैठौं संस्करण आयोजनाहुनलागेको बताए । फर्निचर क्षेत्रको प्रविधिअवलोकनकर्ताको मूख्यआकर्षण बन्न सक्ने उनको भनाई छ ।

असोज ४ गतेदेखि ८ गतेसम्मभृकुटीमण्डपमा चल्ने एक्स्पोमा स्वदेशीतथाविदेशी गरी १ सय बढीफर्निचर र फर्निसिङ सामग्रीका स्टल रहनेछन् । नेपालमाउपलब्धफर्निचर तथाफर्निसिङकाउत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले विगतसन् २०१२ देखि नियमित रुपमाएक्स्पो आयोजनाहुँदै आएको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार