भृकुटीमण्डपमा खाना तथा सत्कार सम्बन्धी प्रदर्शनी हुने


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । आगामी असोज १३ गतेदेखि १५ गतेसम्म काठमाडौँको  भएको छ । हाउस अफ राजकर्णिकार समूहको आयोजनामा ‘रुस्लान वेभरेज एण्ड हस्पिटालिटी’ नाम दिइएको सो प्रदर्शनी हुन लागेको हो ।

होटल तथा रेष्टुराँ व्यवसायी, सुपर मार्केट, क्लब तथा बारका सञ्चालक, सेफले कार्यक्रमस्थलमा दर्शकको चाहनाअनुसारको खाने कुरा उत्पादन गरी सेवा दिने छन् ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्थाका संयोजक वीरेन्द्र राजभण्डारीले उक्त कार्यक्रममा एक हजार ८२० वर्ग मिटरमा विभिन्न २०० कम्पनीले पाँच हजार जति सामग्री तथा सेवा उपलब्ध गराइने जानकारी दिए।

कार्यक्रममा कुन कम्पनीले उपभोक्तालाई के कस्तो सत्कार तथा खानपिनको व्यवस्था उपलब्ध गराइएको छ भन्नेबारे जाँच गर्न विज्ञको टोलीले निर्णय गरी उत्कृष्टलाई पुरस्कृत गर्ने छ ।

उक्त कार्यक्रममा चितवन, लुम्बिनी, पोखरा, धुलिखेल, नगरकोट ठमेललगायतका पर्यटकीयस्थलमा रहेका विदेशी पाहुनालाई समेत सहभागी गराइने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार