fbpx

मलद्वारामा सुन ल्याउने २ जना पक्राउ


Share This

नेपालबहस संवाददाता    

कामठाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे दुई किलो सुनसहित २ जना भारतीय नागरिक पक्राउ परेका छन्।

शनिबार थाई एयरलाइन्सको विमानबाट बैंकक हुँदै काठमाडौं आउँदै गरेका २ जना भारतीय नागरिकको साथबाट २ किलो ६ सय ७० ग्राम भन्सार छलीको सुन बरामद भएको विमानस्थल प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए।

एसपी मैनालीका अनुसार शनिबार दिउँसो थाई एयलाइन्सको टिजी ३१९ फ्लाइटमार्फत् काठमाडौं आएका भारतीय नागरिक इमरान र अरिफ अलीको साथबाट उक्त सुन बरामद भएको हो।

मलद्वारमुनि लुकाएर अरिफ अलीले १६७८ ग्राम र इमरानको साथबाट ९ सय ९२ ग्राम सुन बरामद भएको एसपी मैनालीले बताए। पक्राउ परेका भारतीय नागरिकलाई विमानस्थल भन्सारमा बुझाइएको विमानस्थल प्रहरीले जनाएको छ।

उनीहरूबाट बरामद भएको भन्सार छलीको सुन १ करोड ३० लाख २ सय २० रकम हुन आउने प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया