बजारमा सुनको मूल्य घट्यो


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । तीज नजिकिँदै जाँदा सुनको मूल्य पनि घटेको छ । बिहीबार छापावाल सुन प्रतितोला ५६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबारको तुलनामा सुन एक सय रुपैयाँ घटेको हो ।  यस्तै तेजावी सुन भने ५५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदी आज प्रतितोला ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State