fbpx

सुन चाँदीको भाउ बढ्यो


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । सुनको भाउ आज तोलामा ९ सय रुपैयाँ बढेको छ । सुन आज तोलाको ५९ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार तोलामा ३ सय रुपैयाँ बढेर ५८ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बुधबार ९ सय रुपैयाँ बढेको हो । यस्तै चाँदी बुधबार तोलामा १५ रुपैयाँ बढेर ७ सय ५० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको भाउ बढेको तथा डलर महंगो र भारतीय मुद्रा कमजोर भएका कारण सुनचाँदीको भाउ महंगो भएको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार