पेट्रोलियम पदार्थको मूल्य वृद्धि, चौतर्फी रुपमा असर


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेसँगै यसको असर चौतर्फी रुपमा परेको छ । यसको असर सरकारको साधारण खर्चदेखि सर्वसाधारणको दैनिकीमा समेत परेको छ ।

निगमले हवाई इन्धन अन्तारिकतर्फ प्रतिलिटर ५ रुपैयाँको दरले मूल्य बढाएकै दिन रुटअनुसार करिब २ सय २० रुपैयाँसम्म हवाई भाडा पनि बढेको छ ।

हवाईजहाजको भाडा बढ्दा त्यसले प्रत्यक्ष असर दुर्गम जिल्लामा पर्ने भएको छ । निगमले डिजेलको मूल्य ३ रुपैयाँ बढाएर प्रतिलिटर ९५ रुपैयाँ पुर्याइएसँगै यसको असर सार्वजनिक तथा ढुवानीका साधनमा पर्ने भएको छ । जसले खाद्यान्न, तरकारीलगायत अत्यावश्यक वस्तुको ढुवानीमा असर गर्छ ।

स्वचालित मूल्यअनुसार भारतीय आयल निगम ९आइओसी० ले १ र १५ तारिखमा नयाँ मूल्य पठाउँछ । सोही अनुसार मूल्य समायोजन गर्दै आएको निगमको दाबी छ । तर, हाल मूल्य घट्ने क्रममा रहेकाले मूल्यवृद्धि जायज नभएको उपभोक्ता अधिकारकर्मीहरू बताउँछन् ।

तपाईको प्रतिक्रिया
Road Show Real State