देशभर मनसुन सक्रिय हुन अझै केही दिन लाग्ने सम्भावना


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । नेपालमा मनसुन भित्रिसके पनि देशभर सक्रिय हुन अझै केही दिन लाग्ने मौसमविद्ले बताएका छन् । मौसमविद समीर श्रेष्ठका अनुसार जुन १५ तारिखभित्र मनसुन देशभर सक्रिय हुने बताइएको छ ।

जेठ २५ गते ८ जुनदेखि पूर्वी भेगबाट नेपालमा मनसुन प्रवेश गरेको थियो । नेपालमा सामान्यतया १० जुनमा प्रवेश गर्ने गर्दछ । तर वर्षको मनसुन दुई दिनअघि नै शुरू भएको छ ।

मौसमविद श्रेष्ठले मनसुन पूर्वबाट क्रमशः पश्चिमतर्फ विस्तार हुने क्रममा रहेको मनसुन सुरु भएको एक साताभित्र देशभर सक्रिय हुने भएको छ ।

मनसुनमा सामान्य वर्षा हुने अनुमान

नेपालमा साधारणतया जुन महिनादेखि सेप्टेम्बर महिनासम्म चार महिनाको यस वर्षको मनसुनमा नेपालको अधिकांश भूभागहरुमा सरदर वर्षा हुने अनुमान गरिएको मौसमविद श्रेष्ठले बताए ।

सामान्यतया सरदर वर्षा भन्नाले स्थान विशेषको करिब ३० वर्षको अवधिमा भएको औसत वर्षालाई बुझिन्छ । सरदर वर्षाको ९० प्रतिशतदेखि ११० प्रतिशतसम्म वर्षालाई सामान्य वर्षा मानिन्छ । सोभन्दा कम र बढी वर्षा भएमा क्रमशः न्युन वा अधिक वर्षा भएको मानिन्छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State