कामको गुणस्तरमा जोड दिन निर्देशन : अधिकृत भूसाल


Share This


नेपालबहस संवाददाता    81 Views

वीरगंज । वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा भीष्मकुमार भूसालले कामको गुणस्तरमा जोड दिन दिर्नेशन दिएका छन् ।

निर्माण व्यवसायीहरु वीच महानगपालिका भित्रका विकास योजनाहरु समयमै र गुणस्तरीय तरिकाले सम्पन्न गर्ने विषयमा छलफलमा भुसालले कामको गुणस्तरमा जोड दिन दिर्नेशन दिएका छन् उक्त छलफलमा निर्माण व्यवसायीले प्रमुख प्रशासकीय अधिकृत भूसाल समक्ष आफ्ना समस्या राखेका थिए भने प्रमुख प्रशासकिय अधिकृतबाट जनताका नाममा भएको प्रत्येक रुपैयाको प्रतिफल जनताले पाउने गरी काम गर्न,गुणस्तरविधि र प्रकृयामा कुनै समझौता नगर्ने धारण व्यक्त गरेका थिए ।

भेटघाट कार्यक्रममा निर्माण व्यवसायीहरुलाइ प्रमुख प्रशासकिय अधिकृत डा भूसालले वीरगंजवासीको भबिष्यलाइ ध्यानमा राखेर काम गर्न निर्देशन दिए। छलफल कार्यक्रममा सहभागी निर्माण व्यवसायीहरुले आजसम्म कुनैपनि कार्यालय प्रमुखले निर्माण व्यवसायीसंग यसरी प्रत्यक्ष छलफल नगरेको धारणा व्यक्त गर्दै आजको छलफलले आफहरुलाइ उत्साहित बनाएको बताएका छन् । ।

छलफल कार्यक्रममा निर्माण व्यवसायी संघका पुर्व पर्सा जिल्ला अध्यक्ष रमेश पान्डे,राजु रौनियार,दिनेश रौनियार,नुरुल अंसारी,नुरनबी ठकुराइ ,राजेश चौहान लगायतका निर्माण व्यवसायीहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया